५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना
अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको भेटवार्ताका क्रममा उहाँले बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले बाढी प्रभावितका समस्यालाई हेरेर उनीहरूको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाइएको बताउनुभयो । उहाँले प्रभावित नागरिकलाई पुनःस्थापित गर्ने कार्यमा सबै निकायसँग समन्वय र सहकार्य भईरहेको पनि स्पष्ट पार्नुभयो ।

बाढीका कारण विस्थापित परिवारलाई पुरानै स्थानमा पुनःस्थापित गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै उहाँले सुरक्षित स्थानमा नयाँ बस्ती विकासका लागि स्थानीय तहसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । “पहिल्यैको ठाउँमा बस्ती राख्न सक्ने अवस्था छैन । स्थानीय तहबाट कहाँ बस्ती बनाउन उपयुक्त हुन्छ भनेर छलफल भइरहेको छ,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो ।

उहाँले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि विभिन्न निकायबाट छुट्टाछुट्टै रूपमा काम गर्नुभन्दा एकीकृत ढङ्गले अघि बढाउँदा उपलब्धि प्रभावकारी हुने बताउनुभयो । कुनै एक निकायले पुनर्निर्माणको नेतृत्वदायी भूमिका लिने र अन्य सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग परिचालन गर्ने गरी काम गर्दा चाँडो नतिजा प्राप्त हुने भएकाले सरकारले सोहिअनुसार काम गर्न खोजेको पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।

एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टीका), महासचिव डा चिरञ्जीवी खड्का, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार रावतलगायतको प्रतिनिधिमण्डल सहभागी भेटवार्तामा सरकारले भोटेकोशी बाढी प्रभावितका लागि गरिरहेको काम र त्यसमा एनआरएनएले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो । सो क्रममा एनआरएनएले पुनःस्थापना तथा पुनर्निर्माणका काममा सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको जनाएको छ ।

एनआरएनएले संस्थागत रुपमा भोटेकोशी बाढी प्रभावितका लागि राहत वितरणको तेस्रो चरणको काम भइरहेको जनाएको छ । बाढीबाट विस्थापित तथा जोखिममा रहेका महिला, बालबालिका र अन्य संवेदनशील समुदायलाई लक्षित गरेर राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि छलफल भएको थियो ।

विपद्का समयमा राहत सामग्री जत्तिकै सही र समयमै सूचना प्रवाह पनि महत्वपूर्ण हुने उल्लेख गर्दै एनआरएनले राहत वितरणसँग सम्बन्धित सूचना आदानप्रदान, समन्वय र साझेदारीमा सरकारसँग सहकार्य गर्न चाहेकोसमेत बताएको छ । त्यस्तै, एनआरएनएले विपद् प्रभावित क्षेत्रमा शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा पनि थप सहयोग गर्न चाहेको जनाएको छ ।

संस्थागत रूपमा काम गरी थप स्रोत, साधन र पुँजी नेपालमा ल्याउने विषयमा समेत एनआरएनए प्रतिनिधिमण्डलले सञ्चारमन्त्री डा. तिमिल्सिनासँग छलफल गरेको थियो । सो भेटमा एनआरएन डेभलपमेन्ट फन्डको कार्यप्रगति र त्यसलाई नेपालमा लगानी तथा विकासका क्षेत्रमा उपयोग गर्ने सम्भावनाबारे छलफल भएको थियो । सञ्चारमन्त्री डा. तिमिल्सिनाले गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी भित्र्याउन सकिने सम्भावनाबारे चाँसो व्यक्त गर्नुहुँदै त्यसका लागि सरकार आवश्यक सहजीकरण तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

भेटवार्तामा गैरआवासीय नेपालीसम्बन्धी कानुनी व्यवस्थामा संशोधन, गैरआवासीय नेपाली नागरिकताको विषय, नेपालमा सूचना प्रविधिको प्रयोग तथा डिजिटल सेवाको प्रभावकारिता बढाउने विषयमा पनि छलफल भएको थियो । नेपालमा लगानी भित्र्याउने, प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकासमा उपयोग गर्ने तथा संस्थागत सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।ooo