काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। आगलागीबाट चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ।
घाइते चालकलाई आगलागीपछि उपचारका लागि दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। चिकित्सकका अनुसार उनको शरीरमा गम्भीर प्रकारको जलन देखिएको छ र हाल उपचार भइरहेको छ।
त्रिपुरेश्वर चोकमा सोमबार रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको थियो। आगलागीमा चालक घाइते भएका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








