काठमाडौं । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । बसका चालक २५ वर्षीय दावा लामाले आफू बसभित्रै रहेर आफै आगो लगाएका छन्। त्यसबेला बसमा कुनै पनि यात्रु थिएनन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको राससलाई जानकारी दिनुभयो ।
आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताउनुभयो ।
के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन ।








