काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुर स्थित भनी मण्डलमा रहेको रामबाग महलमा बैठक बसिरहेको छ । बैठकमा एकजनालाई बोल्न तीन मिनेट समय तोकिएको छ । अध्यक्ष केपी ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराउनु भयो ।
अध्यक्ष ओलीले आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने जानकारी गराउनुभयो । ओलीले भोलिदेखि बैठक स्थलमा मोबाइल नल्याउन ,भिडिओ खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने बताउनु भयो ।
बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पास गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुने जनाईएको छ । बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत जनाईएको छ ।













