४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा
अ+ अ-

महोत्तरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), मधेस प्रदेशको तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासस्थित होटल नाब्यामा असोज ३ र ४ गते आयोजित अधिवेशनले प्रभुलाल कुशवाहाको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष एवं संविधानसभा सदस्य गीता राणा क्षेत्रीको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनको अध्यक्षता नेसनल प्याब्सन मधेस प्रदेशका अध्यक्ष डा. नन्दन यादवले गरेका थिए ।

अधिवेशनमा नेसनल प्याब्सनका कार्यवाहक केन्द्रीय अध्यक्ष तथा अधिवेशन संयोजक पाण्डव हमाल ठकुरी, पूर्व अध्यक्ष कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष ब्रजेन्द्र मिश्रा, केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, विभिन्न प्रदेशका अध्यक्ष तथा पदाधिकारीका साथै मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका विद्यालय सञ्चालक तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

अधिवेशनबाट अध्यक्ष कुशवाहाको नेतृत्वमा २० सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । थप पाँच सदस्य मनोनयन गरिएपछि समिति २५ सदस्यीय हुने जनाइएको छ ।

नवनिर्वाचित नेतृत्वले निजी तथा संस्थागत विद्यालयको हकहित संरक्षण, शिक्षाको समग्र विकास तथा विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकका साझा सवाल सम्बोधनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ । साथै मधेस प्रदेशको शैक्षिक उन्नयनका लागि प्रभावकारी र परिणाममुखी कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रबहादुर भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । उनले निर्वाचन समितिको तर्फबाट नवनिर्वाचित प्रदेश नेतृत्वलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले संगठनभित्रको एकता, सहकार्य, आपसी विश्वास र साझा उद्देश्यप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ ।