४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त
अ+ अ-

तेहरान।  तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले आइतबार जानकारी गराएका छन् ।

इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौँदेखि गतिरोधमा फसेका छन् ।

तेहरानले त्यसयता विश्वको तेल र ग्यासका लागि महत्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ ।

“हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पु¥याइएको छ,” इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भन्नुभएको छ।

युद्ध अन्त्यका लागि भएका वार्तामा उहाँ मुख्य वार्ताकारका रूपमा रहनुभएको छ। “जबसम्म सर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन्, तबसम्म वार्ताअघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव हुनेछैन,” उहाँले इरानी राष्ट्रिय टेलिभिजलाई दिएको एक अन्तवार्तामा भन्नुभएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले शनिबार भन्नुभएको थियो, “इस्लामिक गणतन्त्र (इरान) ले मध्यस्थकर्ता कतारमार्फत अमेरिकासामु आफ्ना सर्तहरू पठाएको छ ।”

“हाम्रा सर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, हाम्रा रोकिएका कोषहरूको रिहाई र नौसेना नाकाबन्दी अन्त्य रहेका छन्,” उहाँले अल–जजिरासँगको अन्तर्वार्तामा भन्नुभयो। इरानी अधिकारीहरूले भनेका छन्, “मध्यस्थकर्ता पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी आइतबार वार्ताका लागि तेहरान आउने कार्यक्रम रहेको छ ।”

यसैबीच, इरानको खातम अल–अनबिया केन्द्रीय सैन्य कमान्डले टेलिभिजनमा प्रसारित वक्तव्यमार्फत् आइतबार संयुक्त राज्य अमेरिकाविरुद्ध एक चेतावनी जारी गरेको छ ।

“यदि अमेरिकाले इस्लामिक इरानसँग व्यवहार गर्दा गल्ती ग¥यो भने कुनै सीमा वा संयम बिना त्यस देशका मध्यपूर्व क्षेत्रका सबै आधार र हितहरू प्रभावकारी र पीडादायक हमलाको निरन्तर निशाना बन्नेछन् ।” (रासस/एएफपी):