काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक गतिविधि तथा आगामी कार्ययोजनालगायत विषयमा छलफल भइरहेको छ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका सदस्यहरूको सहभागिता रहेको छ।








