काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ४ हजार ७ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








