४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री

काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल

काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल
अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सेवा दिउँसोमा मात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उहाँले स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको बताउनुभयो । रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने उहाँको भनाइ थियो ।

डंगोलका अनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । पहिलो ९० दिनमै ६७ हजार यात्रुले उक्त सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताउनुभयो । नियमित कार्यालय समयबाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज रूपमा घर फर्किने वातावरण निर्माण गर्ने उहाँको भनाइ थियो ।

डंगोलले भन्नुभयो, “स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये एउटा स्थानीय यातायातको विस्तार गर्नु हो । त्यो दिउँसो मात्रै होइन, अब राति पनि यातायात चल्नुपर्छ । काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन, अब राति पनि चलायमान हुन्छ ।”

उहाँले पहिलो ९० दिनमै ६७ हजार यात्रुले रात्रिकालीन बस सेवा प्रयोग गर्नुले काठमाडौं रातिमा पनि चलायमान रहेको पुष्टि गरेको बताउनुभयो ।

रात्रिकालीन सार्वजनिक यातायातले राति काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित आवागमनको सुविधा उपलब्ध गराउने उल्लेख गर्दै उहाँले सार्वजनिक यातायातलाई सहरका अवसर र सेवासँग जोड्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगरपालिकामा मात्र सीमित नभई काठमाडौं उपत्यकाका विभिन्न सहरलाई आपसमा जोड्ने भएकाले यसको विस्तार आवश्यक रहेको डंगोलले बताउनुभयो।