३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध
अ+ अ-

रियाद । रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि विमानस्थलले दिने उडान र अवतरण सेवा अवरुद्ध बनेको छ ।

विमानस्थल सुरक्षा ‘ट्र्याकिङ’ गर्ने वेबसाइटमा साउदी राजधानीको ‘रियाद किङ खालिद इन्टरनेशनल एअरपोर्ट’ मा विमानको उडान र अवतरण अवरूद्ध भएको वा ढिलो भएको रिपोर्ट गरिएको छ ।

यसअघि साउदी अधिकारीहरूले त्यहाँ हवाई आक्रमणको चेतावनी जारी गरेका थिए । विमानस्थल नजिक साउदी तेल दिग्गज अरामकोको लोगो अङ्कित जलेको इन्धन ट्याङ्कीको आगो निभाउन दमकलकर्मीहरू देखिएको घटनास्थलमा पुगेका एएफपीका एक पत्रकारले बताए ।

‘फ्लाइटरडार–२४’ नामक ‘ट्र्याकिङ वेबसाइट’ले विमानस्थलमा ‘ठूला समस्याहरू’ भएको रिपोर्ट गर्दै यसलाई अधिकतम अवरोध सूचकाङ्कअन्तर्गत सूचीबद्ध गरेको छ ।

यो अवरोध छिमेकी यमनमा यस महिना लडाइँ तीव्र भएपछि साउदी अधिकारीहरूले जारी गरेको रात्रिकालीन हवाई आक्रमण चेतावनीपछि आएको हो । यो चेतावनी पहिलो पटक जारी गरिएको थियो ।

बिहानैको चेतावनीपछि केही घण्टामा बासिन्दाहरूले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘उनीहरूले साउदी राजधानीका केही भागमा फेरि विस्फोटको आवाज सुनेका थिए ।’

‘विमानस्थलको दिशामा हामीले कालो धुवाँ र आगो देखेका थियौँ,’ एक बासिन्दाले एएफपीसँग भने ।

यमनका हुथीहरूले यस महिना उकपछि अर्को सफल आक्रमण गर्दै देश (यमन) को ठूलो भूभाग कब्जा गरेका छन्। साउदी अरबको समर्थनमा रहेको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार यसको सामना गर्न हतारिएको पाइन्छ ।

क्षेत्रीय शक्तिशाली देश साउदी अरब आफैले हुथी नियन्त्रित क्षेत्रहरूमा दर्जनौँ हवाई हमला गरेको छ तर यमनी विद्रोहीको आक्रमणलाई अघि बढ्न रोक्न असफल भएको छ । उसले आफ्नो सहयोगी संयुक्त राज्य अमेरिकाबाट सहयोग खोजेको छ, तर त्यो सहयोग प्राप्त भएको छैन ।

शान्ति सम्झौतापछि शान्त यमनमा लामो गृहयुद्धको शान्तिलाई भंग गर्दै पुनः आक्रमणहरू हुन थालेपछि यसको असर साउदी अरबको राजधानी रियादमा सुरक्षा चेतावनी बढेको छ । यसले अमेरिका–इरान युद्धका लगभग सात महिनाले पहिले नै दबाबमा रहेको विश्व अर्थतन्त्रलाई थप चिन्तातर्फ धकेलेको छ ।