३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
अ+ अ-

जनकपुरधाम। सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटर चलाएर खेतमा पानी लगाउन क्रममा आज दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जिव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो । मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ रोजी मेडिकल नजिकै ना४ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो ।

सोही ट्रकको ठक्करबाट स्थानीय ४५ वर्षीय राजातुल अन्सारी घाइते भएको र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  रासस