३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की

विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की
अ+ अ-

झापा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई कोशी प्रदेशमा अध्ययनका लागि वातावरण बनाउन शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ को आज बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा शैक्षिक परामर्श व्यवसायीले योगदान गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थीलाई विदेशका विश्वविद्यालयमा पठाउने मात्र होइन, नेपालमै विशेषगरी कोशी प्रदेशमा विभिन्न विषय अध्ययनका लागि विदेशी विद्यार्थी भित्र्याउने योजनासहित काम गर्न आवश्यक छ ।”

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सांस्कृतिक विश्वविद्यालयको हबका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै पूर्वीय दर्शन, नेपालको संस्कृति तथा पौराणिक महत्त्वबारे अध्ययन गर्न विश्वका विभिन्न मुलुकका विद्यार्थीलाई नेपाल ल्याउन सकिने धारणा राख्नुभयो । यस्ता विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको उहााको भनाइ थियो ।

इक्यान झापाको आतिथ्यमा बिर्तामोडमा यही असोज ४ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।  रासस