३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह

जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह
अ+ अ-

काठमाडौँ । जुम्लाको स्याउ उत्पादन तथा बजारीकरणमा देखिएका समस्या समाधानका लागि आधुनिक शीतभण्डार, सडक पूर्वाधार र व्यवस्थित बजारको आवश्यकता रहेको विषयमा सभामुख डोलप्रसाद अर्याललाई जानकारी गराइएको छ ।

जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख ऋषिराम पाण्डेले सभामुख अर्यालसँग भेट गरी जिल्लाको स्याउ उत्पादन, बजारीकरण तथा समग्र कृषि क्षेत्रको अवस्थाबारे जानकारी गराउनुभएको हो ।

पाण्डेका अनुसार जुम्लामा हाल ४ हजार २५० हेक्टरभन्दा बढी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । त्यसमध्ये करिब १ हजार ८ सयदेखि २ हजार हेक्टर क्षेत्रफलमा रहेका स्याउका बोटले उत्पादन दिन थालेका छन् भने बाँकी क्षेत्रमा नयाँ बिरुवा हुर्किरहेका छन् । मौसम अनुकूल रहेमा जुम्लामा वार्षिक १८ हजारदेखि २० हजार मेट्रिक टनसम्म स्याउ उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

तर, स्याउ उत्पादन बढ्दै गए पनि बजारीकरण र भण्डारणको समस्या कायमै रहेको पाण्डेको भनाइ छ । कर्णाली राजमार्गमा हुने नियमित अवरोध तथा ग्रामीण सडकको कमजोर अवस्थाका कारण स्याउ समयमै बजारसम्म पुर्‍याउन नसक्दा बाटोमै कुहिने र बिग्रिने समस्या रहेको उहाँले बताउनुभयो ।

पर्याप्त र आधुनिक शीतभण्डारको अभावका कारण किसानले उत्पादन हुनेबित्तिकै सस्तो मूल्यमा स्याउ बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो । यसले किसानले उचित मूल्य पाउन नसक्ने अवस्था सिर्जना गरेको बताइएको छ ।

त्यस्तै, स्याउको वैज्ञानिक ग्रेडिङ र गुणस्तरीय प्याकेजिङको अभाव, पूर्ण रूपमा नपाक्दै स्याउ टिपेर बजार पठाउने प्रवृत्ति, किसानको प्रत्यक्ष बजार पहुँचको कमी तथा बिचौलियाको प्रभाव पनि प्रमुख समस्याका रूपमा रहेको पाण्डेले जानकारी दिनुभयो ।

जुम्ली स्याउको मूल्य अभिवृद्धिका लागि प्रशोधन उद्योगको सीमितता तथा एकीकृत ब्रान्डिङ र भौगोलिक पहिचानको अभावसमेत चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ ।

भेटका क्रममा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले कृषि प्रवर्द्धन र साना किसानको आयआर्जनमा गर्दै आएको कामबारे पनि जानकारी गराइएको थियो । सहकारीले स्याउ, ओखर, सिमी, मार्सी धान तथा पशुपालनका लागि किसानलाई कृषि कर्जा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी, स्याउको ग्रेडिङ, प्याकेजिङ, जुस तथा सुकुटी प्रशोधनका लागि प्राविधिक र बजारीकरण सहयोग गर्दै आएको सहकारीले जनाएको छ । स्याउको मूल्य स्थिर राख्न शीतभण्डार तथा भण्डारण प्रविधिको प्रवर्द्धन गर्नुका साथै उन्नत जातका बिरुवा, जैविक मल र आधुनिक कृषि औजार किसानलाई अनुदान वा सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको जानकारीसमेत दिइएको छ।