३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो
अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा नेपालीले विदेशबाट पठाएको रकम २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स २५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि बढेको छ। साउनमा यस्तो आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साउनमा खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ थियो।

यसबीच वैदेशिक रोजगारीमा जाने नेपालीको नयाँ श्रम स्वीकृति लिने संख्या भने केही घटेको छ। साउनमा संस्थागत तथा व्यक्तिगततर्फ नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४४ हजार ४६६ जनाले यस्तो स्वीकृति लिएका थिए।

तर, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। साउनमा २७ हजार ७४८ नेपालीले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २३ हजार ६४४ रहेको थियो।

यसले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि विदेशमा रहेका नेपालीबाट नेपाल भित्रिने विप्रेषण र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको देखाएको छ।