• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

श्रीमानले कहिल्यै झगडा नगरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’



काठमाडौं । श्रीमानले अत्यधिक माया गरेका भन्दै एक महिलाले विवाहको एक वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गर्ने सोच बनाएकी छिन् । उनका अनुसार उनलाई श्रीमानले अत्यधिक माया गर्ने, कहिले झगडा नगर्ने भएकाले सम्बन्धविच्छेद गर्न चाहेकी हुन् ।

‘चिनी पनि धेरै खाए तितो हुन्छ’ यो भनाईलाई यसले पुष्टि गर्छ । एक महिला फुजैरास्थित सारिया कोर्टमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न पुगेकी छिन् । उनलाई श्रीमानको अत्यधिक माया पचेन । श्रीमानले विवाह गरेको एक वर्षमा कहिले पनि झगडा नगरेको, घरको काममा पनि सहयोग गर्ने उनको बानी देखेर उनलाई रिस उठेको बताइन् ।

‘उनले मलाई कहिले पनि चर्को आवाजमा बोलेनन्,’ उनले भनिन् । ‘मलाई उनको अत्यधिक माया र प्रेमले घाँटी अँठ्याएको जस्तो भयो । अझ उनले घरसमेत सफा गर्न सघाए ।’

‘उनीसँग एक दिन त झगडा होला भनेर सोच्थेँ तर मेरा रोमान्टिक श्रीमानले सधैं मलाई माफ गरे र उपहारको वर्षा गराए,’ उनले थपिन् । ‘मलाई वास्तविक छलफल र तर्क वितर्क मन पर्छ ।’

प्रारम्भिक सुनुवाइको क्रममा अदालतमा उपस्थित श्रीमानले चकित न्यायाधिसको सामू आफूले कहिले पनि गलत नगरेको बताए । दयालु र उत्तम श्रीमान् हुने उद्देश्यसहित आफूले यस्तो गरेको उनले बताए । श्रीमतीलाई खुसी पार्ने आफ्नो उत्कट इच्छाले नै सम्बन्ध समाप्तिको बाटोमा लागेको जस्तो देखिन्छ ।

श्रीमतीलाई खुसी पार्न उनले निकै मेहनत गरेको श्रीमानले न्यायाधीससामू स्विकार गरे । एकपटक श्रीमतीले उनको तौल बढेको बताएपछि डाइटिङ र अत्यधिक व्यायाम गरेर तौल घटाएको बताए । यतिबेला उनको खुट्टासमेत भाँच्चिएको उनले बताए । उनले श्रीमतीलाई सम्झाइदिन अदालतलाई आग्रह गरेका छन् ।

‘विवाहको पहिलो वर्षमा नै यसबारे निर्णय गर्नु गलत हो र सबैले आफ्नो गल्तीबाट सिक्छन्,’ ती युवकले भने । अदालतले भने यी दुई पक्षलाई मिलनका लागि एउटा मौका दिएको छ ।