२२ भाद्र २०८३, सोमबार
,
Latest
दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान



सन्दर्भ तस्बिर
अ+ अ-

तेहरान। इरान र ओमानबीच हर्मुज जलमार्गबाट सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तोक्नेबारेको वार्ता अन्तिम चरणमा पुगेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताउनुभएको छ ।

मार्ग तोक्नेबारे दुई देशबीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमा दर्ता हुने सम्भावना रहेको बाघाईले तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा बताउनुभयो ।

जलमार्गमा असुरक्षा अमेरिका र इजरायलको इरानविरुद्धको ‘सैन्य आक्रमण’ को परिणाम भएको बताउँदै उहाँले भन्नुभयो, “यो अवस्था जारी रहेसम्म जहाजहरू यस मार्गबाट विश्वास र सुरक्षाको अनुभूतिसाथ यात्रा गर्न सक्ने छैनन्।”

कतारको प्रतिनिधिमण्डलले आइतबार इरानको भ्रमण गरेकोबारे सोधिएको प्रश्नको जवाफमा बाघाईले यो भ्रमण क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयासअन्तर्गत भएको बताउनुभयो ।

तनाव कम गर्न लामो समयदेखि प्रयास गरिरहेका केही मध्यपूर्व क्षेत्रीय देश र इरानबीच सम्पर्क ‘एक निरन्तर प्रक्रिया’ भएको उहाँले बताउनुभयो ।

गत महिनाको अन्त्यमा जारी संयुक्त वक्तव्यमा इरान र ओमानले हर्मुज जलमार्गमा अस्थायी संयुक्त नौपरिवहन मार्ग स्थापना गर्ने र जलसन्धिमा रहेका बारुद हटाउने संयुक्त परियोजना कार्यान्वयन गर्ने प्रस्तावित चरणबद्ध रूपरेखाबारे विचार आदानप्रदान गरेको घोषणा गरेका थिए ।

दुई देशबीच प्राविधिक वार्ता जारी रहने छ, जसमा स्थायी नौपरिवहन मार्ग तोक्ने, जलसन्धिको भविष्यको प्रशासन र जानकारी आदानप्रदान, ट्राफिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थाका संयन्त्रबारे छलफल हुने वक्तव्यमा उल्लेख छ ।

इरानले फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि ‘शत्रु’का जहाज वा उनीहरूसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित आवागमनमा रोक लगाउँदै हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको थियो। (रासस/सिन्ह्वा)