२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता



अ+ अ-

मस्को। रुसको उत्तरी काकेसस क्षेत्रअन्तर्गत काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरा आरोहीहरूको एउटा समूहमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको, छ जना वेपत्ता र थप छ जना घाइते भएको रुसी विपत् व्यवस्थापन मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “कूल ३३ जना रहेको समूहलाई हिमपहिरोले बगाउँदा ११ जनाको मृत्यु भएको छ जना घाएते भएका र अन्य छ जना वेपत्ता भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ भने उद्धार टोलीहरू बेपत्ताहरूको खोजीमा व्यस्त छन् ।”

कठिन पहाडी भूभाग र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको तर अवस्था अनुकूल भएसम्म अभियान जारी राखिने अधिकारीहरूले बताएका छन्।

रुसको अनुसन्धान समितिले यस घटनामाथि छानबिन सुरु गरेको छ।  (रासस:सिन्ह्वा)