२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल बाढीपीडितको अवस्था बुझ्न नुवाकोट जाँदै



अ+ अ-

काठमाडौं । भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट जान लागेका छन्।

राष्ट्रपति पौडेल केहीबेरमा हेलिकप्टरमार्फत नुवाकोटको विदुरस्थित मैथिल ब्यारेक पुग्ने कार्यक्रम रहेको छ। त्यहाँबाट उहाँले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनेछन्।

त्यसपछि राष्ट्रपति पौडेल नजिकै रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडितहरूसँग भेट गरी उनीहरूको अवस्था बुझ्ने तथा सान्त्वना दिने कार्यक्रम रहेको बताइएको छ।

राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बुझिएको छ।