१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज बाढीपहिरो प्रभावित रसुवा जाने भएका छन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न थापा विज्ञहरूसहित रसुवा जान लागेका हुन्। उनले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतको प्रगति र पुनःस्थापनाका लागि आवश्यक कामबारे स्थानीयवासी तथा सम्बन्धित पक्षसँग जानकारी लिने बताइएको छ।

बाढीका कारण रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। रसुवामा मात्रै विभिन्न जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको छ र सयौँ व्यक्ति सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।

थापाले यसअघि पनि विपद्को समयमा सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने र उद्धार तथा राहतमा उपलब्ध सबै स्रोत परिचालन गर्नुपर्ने धारणा राख्दै आएका छन्।