१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि यसको कठोर असर नेपाली नागरिकले भोगिरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले नेपालको पहिलो राष्ट्रिय जलवायु प्रतिबद्धताअनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा करिब ०.०२७ प्रतिशत मात्रै रहेको उल्लेख गरेका छन्।

‘नेपाल जलवायु संकटको प्रमुख कारण होइन। नेपालको पहिलो राष्ट्रिय जलवायु प्रतिबद्धताअनुसार विश्व हरितगृह ग्यास उत्सर्जनमा हाम्रो हिस्सा करिब ०.०२७ प्रतिशत मात्रै छ। तर यसको कठोर असर भने नेपाली नागरिकले भोगिरहेका छन्,’ उनले भनेका छन्।

हालैको भोटेकोशी–त्रिशूली बाढीले घर र सडकमा मात्रै क्षति नपुर्‍याई नागरिकको जीवन, जीविका तथा वर्षौंको सार्वजनिक लगानीसमेत क्षतविक्षत बनाएको आचार्यले बताएका छन्।

बाढीको घटनासँग जलवायु परिवर्तनको प्रत्यक्ष सम्बन्धबारे विस्तृत वैज्ञानिक अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा बढिरहेको विपद्को जोखिमलाई अब बेवास्ता गर्न नसकिने बताएका छन्।

आचार्यले नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको प्रमाणित विवरण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। साथै, हानि तथा क्षति कोषबाट अनुदानमा आधारित सहज र प्रत्यक्ष वित्तीय पहुँच सुनिश्चित गर्न नेपालले सशक्त पहल गर्नुपर्ने उनको भनाइ छ।

‘नेपालले यस्ता क्षतिको प्रमाणित विवरण अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै हानि तथा क्षति कोषबाट अनुदानमा आधारित सहज र प्रत्यक्ष वित्तीय पहुँच सुनिश्चित गर्न सशक्त पहल गर्नुपर्छ,’ उनले भनेका छन्।

उनले जलवायु न्याय सहानुभूतिको विषय मात्रै नभई ऐतिहासिक जिम्मेवारी, समानता र नेपालको अधिकारको प्रश्न भएको बताएका छन्।

‘जलवायु न्याय सहानुभूति होइन, ऐतिहासिक जिम्मेवारी, समानता र हाम्रो अधिकारको प्रश्न हो,’ आचार्यले भनेका छन्।