काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर निर्माण सेवा प्रालि र त्यहाँ कार्यरत कर्मचारीले रु ६३ लाख ३७ हजार ३७८ सहयोग गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि समानान्तर निर्माण कम्पनीका तर्फबाट रु ५१ लाख ५१ हजार ५१५ तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट रु ११ लाख ८५ हजार ८६३ सहयोग गरेका हुन् ।
समानान्तर निर्माण सेवा प्रालिका अध्यक्ष अच्युतप्रसाद खरेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्दै विपद्बाट पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । रासस









