१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान



अ+ अ-

काठमाडौँ। आइसल्याण्डमा शनिवार सम्पन्न जनमत संग्रहमा त्यहाँका बहुसंख्यक नागरिकहरूले युरोपेली संघ (ईयु) को सदस्यता प्राप्तिका लागि गरिने वार्तालाई पुनः अगाडि नबढाउने पक्षमा मतदान गरेका छन् ।

आइसल्याण्डको सार्वजनिक प्रशारण संस्था आरयुभीले आईतवार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ५२.८ प्रतिशत मतदाताले वार्ताको विपक्षमा र ४७.२ प्रतिशतले वार्ताको पक्षमा मतदान गरेका छन् ।

यस पटकको जनमत संग्रहमा ८२.५ प्रतिशत मतदान भएको छ, जुन सन् २००९ को संसदीय निर्वाचन पछिकै उच्च सहभागिता हो । सन् २००९ मा ८५.१ प्रतिशत मतदान भएको थियो । आरयुभीकाअनुसार यस पटकको मतदानमा कुल २ लाख २५ हजार ३१ मत खसेको थियो ।

आइसल्याण्डले सन् २००९ मा औपचारिक रूपमा युरोपेली संघको सदस्यताका लागि आवेदन दिएको थियो । तर सन् २०१३ मा युरोपेली संघप्रति अनुदार मानिने सरकार सत्तामा आएपछि उक्त वार्ता प्रक्रियालाई स्थगित गरिएको थियो । यु

रोपेली आयोगको दस्ताबेजअनुसार आइसल्याण्डले आफ्नो आवेदन औपचारिक रूपमा कहिल्यै फिर्ता नलिए पनि वार्ता प्रक्रिया भने लामो समयदेखि अवरुद्ध रहँदै आएको थियो ।

सदस्यता वार्तालाई निरन्तरता नदिने जनमत संग्रहको यो निर्णयसँगै अब आइसल्याण्ड र युरोपेली संघबीचको सम्बन्ध आगामी दिनमा पनि युरोपेली आर्थिक क्षेत्र र शेन्जेन संरचनामार्फत नै सञ्चालन हुने देखिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल