१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अत्यन्तै गम्भीर र अकल्पनीय रहेको बताएका छन्।

उनले राष्ट्रिय शोक र संकटको समयमा राजनीतिक प्रतिस्पर्धाभन्दा उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

आइतबार काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले विपत्तिमा परेका नागरिकको पीडा साझा भएकाले सबै पक्षले सहयोगको हात बढाउनुपर्ने बताए। उनले तीन तहका सरकार, विभिन्न संघसंस्था तथा परोपकारी व्यक्ति एकजुट भएर प्रभावित नागरिकको उद्धार र राहतमा लाग्नुपर्ने धारणा राखे।

तर विपत्तिको समयमा सरकारले राज्य संयन्त्रको प्रभावकारी परिचालन गर्न नसकेको भन्दै ओलीले सरकारको आलोचना गरे। उनका अनुसार प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा केन्द्र सरकारको भूमिका नागरिकका लागि पहुँचबाहिरजस्तो देखिएको छ।

ओलीले भने, “सरकारले राज्यको सामर्थ्य कब्जा गर्‍यो। अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो।”

उनले राहत तथा उद्धारमा श्रेय लिने प्रतिस्पर्धा नगर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिबद्धता भइसके पनि केही निजी संघसंस्थालाई खोज तथा उद्धारमा समेत सहभागी हुन नदिइएको दाबी गरे।
भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणमा आफ्नै पहलमा सक्रिय भएको भन्दै ओलीले बागमती प्रदेश सरकारलाई धन्यवादसमेत दिए। उनका अनुसार विपत्तिको सामना गर्न सबै तह र पक्षबीच प्रभावकारी समन्वय आवश्यक छ।




भर्खरै