१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत



अ+ अ-

काठमाडौँ। भदौ १० गतेको बाढी तथा विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रामक रोगको रोकथामलाई तिब्रता दिएको छ ।

विपद्मा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि सरकारले नयाँ कार्यविधि (निर्देशिका) परिमार्जन गरी स्वीकृत गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकाअनुसार विपद् प्रभावित क्षेत्रमा उपचार व्यवस्थापन सहज भएपनि बाढीले बगाएका शवहरूको खोजी, पहिचान, भण्डारण र परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनु भयो

बाढी प्रभावित क्षेत्रहरूमा जनावरका शवहरू, सडेगलेका फोहोर तथा दूषित पानीका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै मन्त्रालयले शतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । कतै शव वा फोहोर फेला परेमा तत्काल स्थानीय प्रशासन वा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

उहाँले भन्नुभयो, ‘विगतमा भएका अभ्यासहरूलाई परिमार्जन गरेर सरकारले हिजो मात्रै शव व्यवस्थापन गर्ने निर्देशिका स्वीकृत गरेको छ ।

सोहीअनुसार अब सामूहिक रूपमा शवहरूको व्यवस्थापन गर्ने कार्यमा सरकारी निकायहरू जुटेका छन् । सबै शवहरू लामो समय सुरक्षित राख्न सम्भव नभएकाले भोलिका दिनमा पहिचानका लागि फरेन्सिक परीक्षण गर्न नमूनाहरू संकलन गरेर सुरक्षित राख्ने काम अगाडि बढाइएको छ । फोहोर तथा पानी जमेका ठाउँहरूसम्म आफ्ना बालबालिका नपुग्ने गरी सुरक्षित स्थानमा बस्न हामी सबैमा अनुरोध गर्छौँ । यसले भोलिका दिनमा आउन सक्ने जनस्वास्थ्यका समस्याहरू न्यूनीकरण गर्न मद्दत गर्छ ।’

यसैबीच, विपद्पछिको अवस्थामा पानीजन्य तथा किटजन्य रोगहरूको प्रकोप फैलन सक्ने जोखिम बढेको छ । अस्थायी शिविरहरूमा विस्थापितहरू एकै ठाउँमा बस्दा रुघाखोकी, इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोगहरू तिब्र गतिमा फैलिन सक्ने भएकाले मन्त्रालयले पूर्वतयारी थालेको सहप्रवक्ता अधिकारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरसफाइको कमी, दूषित पानी, पोषणको अभाव र किरा–फट्याङ्ग्राको वृद्धिका कारण रोगहरू फैलिन सक्छन् । साथै, विस्थापितहरू सानो ठाउँमा सँगै बस्दा संक्रमणको जोखिम उच्च हुन्छ । त्यसैले रोग आउन नदिन, आइहालेमा तुरुन्त पहिचान गरी उपचार गर्न आवश्यक औषधि र स्वास्थ्य सामग्रीको जोहो तथा जनचेतना अभिवृद्धिका कार्यहरू भइरहेका छन् ।’

हाल प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य टोलीहरूबीच समन्वय गरी उद्धार, राहत तथा स्वास्थ्य उपचार सेवालाई निरन्तरता दिइएको छ । –न्युज एजेन्सी नेपाल




भर्खरै