१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव



अ+ अ-

काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्र राय यादवले कम्युनिस्ट पार्टीहरूले सत्ता र गठबन्धनको राजनीतिक जोड घटाउभन्दा जनजीविकाका सवाल र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता यादवले कम्युनिस्ट पार्टी जनताको वर्गीय मुक्तिका लागि स्थापना भएको स्मरण गराउँदै जनतालाई धोका दिन नहुने बताउनुभएको हो ।

उहाँले वर्तमान समयमा राजनीतिमा वर्गीय मुद्दा ओझेलमा परेर जातीय र वर्णका मुद्दाहरू हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । नेकपा एमाले र माओवादी केन्द्र दुवैमा रहेर काम गरिसकेको आफ्नो अनुभव सुनाउँदै नेता यादवले पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा देखापरेका उतारचढाव र विभाजनका घटनाहरूको समीक्षा हुनुपर्ने बताउनु भयो ।

हालैका राजनीतिक घटनाक्रमहरूमा वैदेशिक र साम्राज्यवादी शक्तिहरूले चलखेल गरी कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन खोजेको उहाँको विश्लेषण छ ।

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीको विकासका लागि वैचारिक स्पष्टता, राजनीतिक शिक्षा र सुदृढ संगठनात्मक ढाँचा अपरिहार्य छ ।

जबसम्म पार्टीलाई वैचारिक संगठनको रूपमा विकास गर्न सकिँदैन, तबसम्म कम्युनिस्ट आन्दोलनले सार्थकता पाउन सक्दैन । देशमा अस्थिरता र उत्पात मच्चाउन साम्राज्यवादी शक्तिहरू सक्रिय छन्।

यस्तो अवस्थामा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा आफ्ना कमी–कमजोरीहरू स्वीकार गर्दै नयाँ ढङ्गले अगाडि बढ्नु आवश्यक छ । हामीलाई केवल सत्ताका लागि गरिने गठबन्धन होइन, बरु जनताको विश्वास जितेर प्राप्त हुने स्पष्ट बहुमत आवश्यक छ । अहिलेको मुख्य आवश्यकता भनेको जनताको जनजीविकासँग जोडिएका मुद्दाहरूमा संघर्ष गर्नु र पार्टीलाई वैचारिक रूपमा सबल बनाउनु हो ।’

मधेस प्रदेशको सन्दर्भमा बोल्दै नेता यादवले किसानका समस्या, मलखादको अभाव र स्थानीय तहमा व्याप्त अनियमितता विरुद्ध पार्टीले सशक्त आवाज उठाउनुपर्ने बताउनु भयो ।

उहाँले कम्युनिस्ट पार्टीहरू सत्तामा पुग्नकै लागि मात्र गरिने अप्राकृतिक गठबन्धनको संस्कृतिमा रमाउन नहुने तर्क गर्नुभयो ।

नेता यादवले निराशामा रहेका जनताबीच आशा र विश्वास सञ्चार गर्न कम्युनिस्ट पार्टीहरूले आत्मसमीक्षासहित जनताका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै