१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग



अ+ अ-

पर्सा। हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु पाँच लाख सहयोग गरेको छ ।

वीरगञ्जस्थित सामुदायिक शिक्षण संस्था सो कलेजले आज एक  कार्यक्रमकाबीच बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रूपैयाँ सहयोग गरेको हो ।

कलेज व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।

कलेज प्रमुख किशोरी रायले भन्नुभयो, “विपद्को समयमा शैक्षिक संस्थाहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ, त्यसैले पनि रसुवाको भोटेकोटेमा बाढी तथा पहिरो प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा पाँच लाख सहयोग गरेका छौँ ।”

कलेजले गरेको आर्थिक सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो कलेज उद्योगी तथा समाजसेवी स्व विहारीलाल खेतानले आफ्ना छोरा स्व हरि खेतानको स्मृतिमा २०३८ सालमा स्थापना गरिएको हो । रासस




भर्खरै