काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो विनाश मच्चाएको छ।
हिमाली क्षेत्रमा अचानक आएको बाढी लेदो, ढुंगा, बालुवा र बाढीको तीव्र बहावसहित त्रिशूली नदीमा मिसिएपछि नुवाकोटको त्रिशूली बजार, देवीघाट हुँदै धादिङको गल्छी र मलेखु आसपाससम्मका बस्ती तथा भौतिक संरचना प्रभावित भएका छन्।
बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार र ढुंगेबजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ।रसुवाको भोटेकोशीबाट आएको बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपाससम्म पुगेको थियो।
बाढीले त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुलसमेत बगाएको स्थानीय प्रशासनले जनाएको छ। देवीघाट क्षेत्रसमेत बाढीको चपेटामा परेको छ। बाढीले नुवाकोटका ऊर्जा संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
तस्बिर : नेपाल फोटो सर्भिस/NPS





























