काठमाडौं । डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होमबहादुर गुरूङ रहेका छन् ।
सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका हो गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो।
आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
भन्सारले अहिले अनुसन्धान गरिरहेको छ।