१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प छैन: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प नभएको दावी गरेका छन् ।

जनयुद्धका सहित सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेलको २१ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहाल उक्त कुरा दावी गरेका हुन् ।

उनले सरकारका कमजोरीलाई देखाउँदै परिवर्तनलाई उल्ट्याउने खेल भइरहेको भन्दै त्यस्तो खेल सफल हुन नदिने दावी समेत गरे ।अध्यक्ष दाहालले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदको वास्तविक सपनामा पूरा हुने समेत बताए ।