१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध तथा जनआन्दोलनका शहीदका सपना पूरा गरिने: गण्डकी प्रदेश अध्यक्ष पाण्डे



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताए ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा सङ्घ कास्की शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उनले पार्टी एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गरेर सरकार र पार्टीका कामलाई प्रभावकारी बनाइने उनको भनार्इ थियोे ।

वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै उहाँले नेकपाको नेतृत्वमा रहेका तीनै तहका सरकारले यो नारा साकार बनाउने गरी कार्य गरिरहेको बताए । पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले पार्टीले निर्वाचनका बेला सार्वजनिक गरेको घोषणापत्र र जनतामा गरेको प्रतिबद्धता पाँच वर्षभित्रै पूरा गरिने उल्लेख गरे ।

युवा सङ्घका नेताहरु विष्णु पुन, भोजराज पौडेललगायतले युवा सङ्घलाई समग्र युवाको नेतृत्व गर्ने गरी अघि बढाइने बताए । कार्यक्रममा १५१ पिन्ट रगत सङ्कलन भएको थियो ।