२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरणका प्रमुखसहित २ जनाविरुद्ध मुद्दा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलपरासी (पूर्व) का कार्यालय प्रमुखसहित दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख बिजयकुमार महरा र फोरम्यान (चौथो तह) का मेघराज काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई सेवाग्राहीसँग ४६ हजार ५ सय ५५ रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

थ्रीफेज विद्युतीय लाइन जडान गर्ने कार्यका लागि ९० हजार घुस दिने राजु आचार्य सजाय माग दाबीमा पूर्ण छुट दिइ अख्तियारको साक्षीको रुपमा प्रस्तुत गरिने प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।




भर्खरै