२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो

रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो
अ अ+ अ-

काठमाडौं। जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशी रहेका छन् । उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो ।

इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौं र एनसीबी मस्कट, ओमानको समन्वयमा राजवंशीलाई ओमानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई नेपाल ल्याउन एनसीबी काठमाडौंले प्रहरी टोली ओमन पठाएको थियो । उक्त टोलीले कतार एयरवेजमार्फत राजवंशीलाई नेपाल ल्याएको हो ।

प्रहरीका अनुसार राजवंशी शनिबार साँझ ४ बजेर २९ मिनेटमा नेपाल आइपुगेका थिए । नेपाल आइपुगेपछि उनलाई नियन्त्रणमा लिएर सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढाइएको छ ।

विदेशमा लुकेर बसेका तथा विभिन्न आपराधिक घटनामा फरार रहेका नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय प्रहरी सञ्जालमार्फत खोजी तथा पक्राउ गर्ने क्रममा पछिल्लो समय नेपाल प्रहरीले इन्टरपोलसँगको समन्वयलाई तीव्र बनाउँदै आएको छ ।