१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने १० महिला पक्राउ



अ+ अ-

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासनजिकै विरोध प्रदर्शन गर्ने क्रममा १० महिला पक्राउ परेका छन् । विवाहको नाममा नेपाली चेलीहरु चीनमा तस्करी हुने गरेको विषयलाई लिएर ती महिलाहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका बेला उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सडकमा बसेर नारा लगाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका महिलाहरुलाई महेन्द्रपुलिस क्लवमा राखिएको छ।