७ भाद्र २०८३, आईतवार
,
Latest
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग



अ+ अ-

काठमाडाैँ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आईतवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध सरकारले कठोर कानून बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदर्शनकारीहरूले अपराधीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।

उनीहरूले बलात्कारीलाई फाँसी दे, जस्टिस फर गरिमा चौधरी, न्याय देउ सरकार र हत्यारालाई कडा कानूनी कारबाही गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ निवासी ३ वर्षीया गरिमा चौधरी गत साउन ३१ गते घरबाटै बेपत्ता भएकी थिइन् ।

खोजी गर्ने क्रममा भदौ २ गते उनी एक घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाको निष्पक्ष छानबिन र अपराधीलाई कानूनी कठघरामा उभ्याउन दबाब दिने उद्देश्यले यो प्रदर्शन आयोजना गरिएको हो ।