२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको राष्ट्र गान बज्दा नउठने मानिस नेपाली हुनै सक्दैन: मन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने बताए ।

उक्त ऐन प्राविधिक कारणले अझै संसद्मा पेश नगरिएको बताउँदै उनले भने, “केही भ्रमको सिर्जना गर्ने सञ्चार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठन नपर्ने सन्देश प्रवाह गरेका छन्, । मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्र गान बज्दा नउठने मानिस नेपाली हुनै सक्तैन ।”

देशको राष्ट्रियतालाई उचाइमा पुर्याउन कलाकार एकताबद्ध हुनुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले सङ्घलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए । सङ्घका अध्यक्ष रवीन्द्र खडका, कलाकार निर शाह, आकाश अधिकारी, कृष्ण मल्ललगायतले चलचित्र ऐनमा कलाकारको हकहित तथा अधिकारलाई समेट्न सुझाव दिए।




भर्खरै