२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीकाे भेटवार्ता, निकट भविष्यमा चीनबाट उच्चस्तरीय भ्रमणकाे सम्भावना



अ+ अ-

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

उहाँहरूले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले सञ्चारकर्मीलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले गरेको चीनको राजकीय भ्रमणकोे स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू क्रियाशील रहेको मन्त्री वाङलाई बताउनुभएको थियो ।

“हामी विगतका सहमतिअनुसार अघि बढ्न चाहन्छौंँ र तपाईंको यो भ्रमणले त्यसतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास छ”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार डा भट्टराईले भन्नुभयो ।

चिनियाँ विदेशमन्त्री वाङले शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत द्विपक्षीय सम्बन्धका विभिन्न आयाम र सहयोगका सबै क्षेत्रलाई दुवै मुलुकले विस्तार गर्न चाहेको बताउँदै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको प्रधानमन्त्री ओलीलाई बताउनुभएको थियो ।

प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको सल्लाहकार डा भट्टराईले जानकारी दिनुभयो ।




भर्खरै