५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ



अ+ अ-

म्याग्दी। मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार गरगहना सफा गरिदिने बाहनामा रसायनको प्रयोग गरेर तौल कटाएर ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई दरवाङ र बाबियाचौरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ । रासस