१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सपथ ग्रहण कार्यक्रमस्थलमै झडप, नेता यादव घाइते



अ+ अ-

महोत्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप हुँदा प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य देवनाथ यादव घाइते भएका छन् ।

विवादका बीच महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो । यादव सप्तरीको राजविराज नगरपालिका– ८ मा बस्छन् । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट उनको टाउकोमा चोट लागेको जनाइएको छ ।

मनोनयनमा पार्टीका नेताहरुले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधका बीच अरु जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो । शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी थियो । तर पार्टी भित्रकै विवादका कारण सहभागी नभएको बताइएको छ ।

झडपपछि प्रहरीले अध्यक्ष प्रभु साहलगायतलाई सुरक्षित स्थलतर्फ लगेको छ भने अहिलेपनि कार्यक्रमस्थल शान्त बनेको छैन ।