१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको पक्षमा गरेको निर्णय राष्ट्रघात निर्णय हो: सांसद चौधरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले एनसेलकको कर विवादसम्बन्धी भदौ ९ गतेको फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने बताएकी छन् । ‘५ जना न्यायाधीशको इजलासले एनसेलको पक्षमा गरेको निर्णय गर्‍यो, त्यो राष्ट्रघात निर्णय हो’ उनले भनिन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सर्वोच्चको उक्त पैसला राष्ट्रघात हो भन्दै त्यसमा संलग्न न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने बताएकी हुन् । सर्वोच्च अदालतले एनसेल कर विवादसम्बन्धी एक रीटमाथि सुनुवाई गर्दै ठूला करदाता कार्यालयले तोकेको करमध्ये आयकर ऐनको धारा १२० (क) अनुसारको कर खारेज गर्ने फैसला सुनाएको थियो ।

उनले ती न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न सत्तारुढ दल नेकपालाई आग्रह गरिन् । सांसद चौधरीले न्यायपालिकामा चलखेल हुने गरेको र आम जनतालाई न्यायपालिकाप्रति विश्वास हराउँदै गएको बताइन् ।