२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोलसहित भक्तपुरमा एकजना पक्राउ



अ+ अ-

काठमाडौं । भक्तपुरमा पेस्तोलसहित ४१ वर्षीय शम्भुप्रसाद साह कानु पक्राउ परेका छन् । बाराको फेटा गाउँपालिका–२ घर भइ वडानम्बर ३ मा बस्ने उनलाई प्रहरीले सूर्यविनायक –९ भातेढिकुरबाट पक्राउ गरेको हो ।

उनको साथबाट गोली लोड गरिएको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप ५ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सडकमा शंकास्पद रुपमा हिँडिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कानुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कानुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्ध गरिरहेको प्रहरीले जनाएको छ ।




भर्खरै