३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन



अ+ अ-

काठमाडौँ।  गृहमन्त्री सुदन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूको निजी आवास निर्माण र विपद् व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा आकस्मिक समय माग गरी बोल्दै उहाँले आवास निर्माणमा देखिएका कानूनी तथा प्राविधिक जटिलता समाधानका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

साउन २२ गतेको बैठकमा सांसद गोपाल शर्माले उठाउनुभएको प्रश्न र सभामुखको रुलिङका सम्बन्धमा जवाफ दिँदै गृहमन्त्री गुरुङले लाभग्राही कायम गर्ने विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न लागिएको बताउनु भयो ।

हाल एक परिवारबाट एक जना मात्र लाभग्राही हुने र विपद् अगाडि नै अंशबण्डा भई अलग बसेको अवस्थामा मात्र छुट्टै लाभग्राही कायम हुने कानूनी व्यवस्था छ । यस व्यवस्थालाई परिमार्जन गरी स्थानीय तहलाई थप जिम्मेवार बनाउन विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको अध्यक्षतामा एक कार्यदल गठन गरिएको र सो कार्यदलले संशोधनको काम गरिरहेको उहाँले सदनलाई जानकारी दिनुभयो ।

भवन निर्माणका सम्बन्धमा स्पष्ट पार्दै गृहमन्त्रीले ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ बमोजिम अनुदान प्राप्त गर्न ‘राष्ट्रिय भवन संहिता’ अनिवार्य पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । प्राधिकरणको निर्देशनअनुसार घर निर्माणमा सुधार गरिएमा अनुदान उपलब्ध गराउन सकिने र त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण भइरहेको उहाँको भनाइ छ ।

विपद् व्यवस्थापनलाई तीनै तहका सरकारको साझा जिम्मेवारीका रूपमा व्याख्या गर्दै गृहमन्त्री गुरुङले यस कार्यमा संघीय गृह मन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको बताउनु भयो । उहाँकाअनुसार लाभग्राही कायम गर्ने, प्राविधिक निरीक्षण गर्ने र अनुदान रकम माग गर्ने मुख्य जिम्मेवारी स्थानीय विपद् व्यवस्थापन समितिको रहेको छ ।

जिल्ला प्रशासन कार्यालयको भुमिका समन्वय, सहजीकरण र नियमनमा मात्र केन्द्रित रहेको स्पष्ट पार्दै गृहमन्त्रीले ती कार्यहरू निरन्तर रूपमा सम्पादन भइरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल