३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम



अ+ अ-

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

पालिकाले गाईपालन व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई रु १० हजार प्रोत्साहन रकम उपलब्ध गराइउने भएको छ ।

उक्त प्रोत्सहान पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ । आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत पशुपन्छी विकास कार्यक्रमअन्तर्गत गाईको बाच्छी हुर्काउने किसानलाई प्रोत्साहन गर्न लागिएको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी, उन्नत जातका गाई, भैँसी तथा राँगो खरिद गरी व्यावसायिक रूपमा पशुपालन गर्न चाहने किसान, फार्म, समूह तथा सहकारीहरूलाई प्रतिपशु रु २५ हजार अनुदान दिने घोषणा गरिएको छ ।

उन्नत जातका पशु खरिदका लागि इच्छुक किसानले यही भदौ १५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुने किसानलाई आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन सूचित गरिएको छ ।