१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुरथिमिमा नवदुर्गा नाच सुरु (फोटो फिचर)



अ+ अ-

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा आजदेखि नवदुर्गा नाच सञ्चालन हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग र सहकार्यमा आठ दिनसम्म भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन गर्ने गरी आईतबार साँझदेखि सुरु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “थिमि सांस्कृतिक सहर हो, धेरै लामो समय मध्यपुरथिमिमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच ११ वर्षसम्म बन्द हुँदा मेरै पहलमा दुई वर्ष अगाडि पुनः सञ्चालन भएको थियो, गतवर्ष कोरोनाका कारण नाच प्रदर्शन हुन पाएन, यसवर्ष योमरी पून्ही अर्थात् आजदेखि आठ दिनसम्म मध्यपुरथिमिको टोल–टोलमा नवदुर्गा नाच हुनेछ, त्यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरेको छ ।”

मध्यपुरथिमिको दिगु टोलबाट सुुरु भएको यो नाच आज रातभर यहीँ रहने छ । यहाँका बासिन्दाले नाच हेर्नुका साथै नवदुर्गाको पूजा गरेका छन् । नाच आठ दिनसम्म बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडेलगायत टोलटोलमा गएर प्रदर्शन गरिने भएको छ । मध्यपुरथिमिमा दुई दशक लामो समय सञ्चालनमा रहेको नवदुर्गा नाच सुरक्षाका कारणले ११ वर्ष बन्द भए पनि निर्वाचित जनप्रतिनिधि आएपछि २०७५ सालदेखि पुनः सञ्चालनमा आएको थियो । 


    
नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले मध्यपुरथिमिको कला, संस्कृति र सांस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरेर अगाडि बढेको छ, वर्षौदेखि मध्यपुरमा प्रदर्शन हुँदै आएको नवदुर्गा नाच पनि सांस्कृतिक धरोहर नै हो, यसलाई रोक्नु हुँदैन भन्ने लागेर नगरपालिकाकै पहलमा आवश्यक सहयोग, खर्च र सुरक्षाको व्यवस्था गर्दै नाच सञ्चालनमा ल्याएका हौँ ।” नवदुर्गा नाच मध्यपुरथिमिको टोल–टोलमा नाचिने भएको छ भने स्थानीयवासीले श्रद्धा र भक्तिपूर्वक नवदुर्गाको पूजा गर्ने र नाच हेर्ने गर्दछन् । रासस