३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सनको ११ बुँदे प्रस्ताव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा



अ+ अ-

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई समग्रमा नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै उहाँको नाम प्रयोग गर्ने प्रवृत्ति बढेको बताउनुभएको हो।

उहाँले पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा मात्रै बीपीलाई सम्झने गरेको टिप्पणी गर्नुभयो। नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसक्दा बीपीको नामको सहारा लिने गरेको उहाँको आरोप थियो।

“आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहीँनिर प्रयोग गर्ने परम्परा बसेको छ,” उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय मेलमिलापको सन्दर्भ व्यापक रूपमा आइरहेको छ। नेताहरूले रातारात बीपीलाई सम्झनुभएको छ। आफूले के गर्ने, कोसँग मिल्ने भन्ने कुरा आफैँ भन्न हिम्मत नभएपछि बीपीलाई सम्झिने गरिएको छ।”

सभापति थापाले बीपीको नामलाई राजनीतिक स्वार्थअनुसार प्रयोग गर्दा उहाँका वास्तविक विचार कमजोर हुने बताउनुभयो। बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने उहाँको भनाइ थियो।

उहाँले बीपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले बीपीको वास्तविक विचार तथा राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

“बीपीलाई धेरै ‘प्राइभेटाइज’ गर्न दिनु हुँदैन। बीपी वा गणेशमानलाई कसैले घरभित्र मात्रै कैद गर्न दिनु हुँदैन,” उहाँले भन्नुभयो, “आज बीपीलाई ‘मिसकोड’ गरिँदैछ, अपव्याख्या हुँदैछ भने बीपीको आह्वानमा आन्दोलनमा उत्रिएकाहरू अगाडि आएर उहाँका विचारबारे स्पष्ट पार्नुपर्छ।”

उहाँले बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित हुँदै गएको उल्लेख गर्दै लोकतन्त्र र सामाजिक न्यायप्रतिको उहाँको मूल प्रतिबद्धता भने कहिल्यै परिवर्तन नभएको बताउनुभयो।

आर्थिक विकासका विषयमा समेत बीपीका विचारलाई एउटै प्रसंगमा सीमित गरेर हेर्न नहुने उहाँको भनाइ थियो। उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बीपीले फरक–फरक समयमा व्यक्त गरेका धारणालाई अहिलेको विकास बहससँग जोडेर अध्ययन गर्न सकिने उहाँले बताउनुभयो।

सभापति थापाले बीपीका विचारलाई वर्तमान समयको कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिको सन्दर्भमा समेत अध्ययन र बहस गर्न सकिने उल्लेख गर्नुभयो।

 




न्यूजपोलारबाट थप समाचार
भर्खरै