३१ श्रावण २०८३, आईतवार
,
Latest
सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै



अ+ अ-

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउँदै हुनुहुन्छ।

भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम रहेको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रिय समाचार समिति (रासस)लाई उक्त जानकारी दिनुभएको हो।

त्यसैगरी, भोलि नै प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ तथा ऐतिहासिक सम्बन्धमध्ये एक मानिन्छ। दुई देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ।

विशेषगरी नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। यस परम्परालाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र दुई देशका सेनाबीचको सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।