२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वीग सिक्स’ लाई जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा भएको छ । १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने व्यवस्था मिलाईएको छ। साथै, सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीलाई समेत उक्त सुविधा प्रदान गरिएको छ ।

विमानस्थलले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा आएको जानकारी दिएको हो ।