२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदेज्दा कप: नेपाल इतिहास रच्नबाट यो पटक पनि चुक्यो



अ+ अ-

काठमाडौं । किर्गिस्थानमा भएको नदेज्दा कप महिला फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित हुदै नेपाली महिला टिमले उपविजेतामा चित्त बुझाउनु परेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा बिहीबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भएको छ । जसकारण नेपालले ईतिहास रच्नबाट पुनः चुकेको छ ।

अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जित्न सकेको छैन । खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने उज्वेकिस्तानले दुई गोल गर्दा नेपालले पनि दुई गोल गर्न सफल भएको थियो ।

खेलको ५५औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै नेपालविरुद्ध २–० गोलको अग्रता बनाएको थियो भने खेलको ६४औं मिनेटमा अर्को गोल थप्दै ३–० गोलको अग्रता बनायो । तर खेलको ६७औं मिनेटमा सावित्रा भण्डारीको गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याएकी थिइन् ।

त्यस्तै, खेलको ९०औं मिनेटमा नेपालले पेनाल्टी पाउँदा सावित्राको गोलले नेपाललाई जित दिलाउन भने सकेन् । र विजयी शिखर चुम्नबाट नेपालले हात धुनुपर्यो ।