४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको पहलमा राजधानीमा वृक्षरोपण



अ+ अ-

काठमाडौंः संविधान दिवस २०७६ को उपलक्ष्यमा बिहीबार काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ त्रिपुरेश्‍वरदेखि सुन्धारास्थित नागस्थान चोकसम्म वृक्षरोपण गरियो ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रम सम्पन्‍न भएको नेपाली सेनाले जनाएको छ ।

काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीको नेतृत्वमा सञ्‍चालन भएको उक्त वृक्षरोपण कार्यक्रममा कपुर, जाग्रयात र बोटल क्रस गरि करिब १५३ वटा बिरुवा रोपिएको थियो ।