२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला



अ+ अ-

काठमाडाैँ । स्याङ्जामा खोलाले बगाएर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २०८३ साल साउन २८ गते राति करिब १०ः२० बजे पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले पुतलीबजार नगरपालिका–३ बाडखोला बस्ने २१ वर्षीय सलिम मगरलाई ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित बगाएको थियो।

घटनापछि सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म वालिङबाट खटिएको टोलीले खोजतलास गरेको थियो।

खोजीका क्रममा मगरलाई साउन २९ गते दिउँसो ३ः१० बजे पुतलीबजार नगरपालिका–१३ गैरीजागरस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले शव खोलाबाट बाहिर निकाली घटनास्थल मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।