२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव



अ+ अ-

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल, पारदर्शी र प्रभावकारी बनाइने बताउनुभएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग शुक्रबार भएको छलफलमा मन्त्री पोखरेलले सरकारका सबै कामकारबाही लोकतान्त्रिक मूल्य, मान्यता र संविधानअनुसार सञ्चालन हुने स्पष्ट पार्नुभयो ।

उहाँले नागरिकका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष ढंगले गरिएको दाबी गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधार गर्ने विषयमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिनुभयो ।

छलफलमा सहभागी सम्पादक तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले अन्तरमन्त्रालयका गतिविधि, सरकारी निर्णय तथा महत्वपूर्ण सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई सुझाव दिनुभयो ।

सरकार र सञ्चारमाध्यमबीचको प्रभावकारी सम्बन्धले लोकतन्त्र र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै सहभागीहरूले सूचना प्रवाहमा सहजीकरण र समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।

छलफलमा विद्यालय शिक्षा तथा उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक र जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको विषयसमेत उठाइएको थियो । शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षासम्बन्धी नीतिमा आवश्यक नीतिगत परिवर्तन गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए ।

छलफलमा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारी, राजधानी दैनिकका सम्पादक डिल्ली आचार्य, नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल, नेपाल लाइभका प्रधानसम्पादक रामप्रसाद दाहाल, बाह्रखरीका कार्यकारी सम्पादक बलराम पाण्डे, टेकपानाका सम्पादक गोपाल साउद, सिधाकुराका सम्पादक अक्षर काका, कारोबार दैनिकका समाचार प्रमुख सरस्वती ढकाल र स्वास्थ्य खबरपत्रिकाका सम्पादक प्रवीण ढकाल सहभागी हुनुहुन्थ्यो ।